images
images
  • हवाई, स्थल र जलमार्गबाट इरानमाथि भीषण हमला गर्ने तयारीमा अमेरिका र इजरायल

    काठमाडौं– अमेरिकी रक्षा विभाग पेन्टागनले इरानमा केही हप्तासम्म चल्ने सम्भावित सशस्त्र अभियानको तयारी गरेको छ ।

    हाल हजारौं अमेरिकी सेनाका सदस्य मध्यपूर्व क्षेत्रमा तैनाथ गरिएको छ ।

    यो तयारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई तीव्र बनाउने निर्णय गरेमा नयाँ, जोखिमपूर्ण चरणको सुरुवात हुनसक्ने संकेतको रूपमा लिइन्छ ।

    पेन्टागन स्रोतका अनुसार सम्भावित अभियान पूर्णरूपमा आक्रमणको आकारमा नहुन सक्छ ।

    यसको सट्टा, विशेष अपरेसन बल र नियमित सैनिकको संयुक्त टोलीमार्फत ‘छिटो र सटीक’ लक्ष्यमा आक्रमण गर्ने योजना हुनसक्छ ।

    यस्तो अभियानमा अमेरिकी सेनालाई इरानी हवाई ड्रोन, क्षेप्यास्त्र, जमीनबाट गोलीबारी र विभिन्न प्रकारका बिस्फोटकबाट खतरा हुनसक्ने चेतावनी दिइएको छ ।

    अमेरिकी प्रशासनको निर्णय यसबारे अस्थिर देखिएको छ ।

    कहिले युद्धको समाप्ति घोषणा गरिन्छ भने कहिले यसलाई बढाउने चेतावनी दिइन्छ ।

    यसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अस्थिरता बढाउने आशंका गरिएको छ ।

    विशेषज्ञहरूले इरानमा यस्तो अभियानले स्थानीय जनसंख्या र पूर्वी भूमध्यसागर क्षेत्रका जलमार्गमा असर पार्न सक्ने अनुमान गरेका छन् ।

    यसले ऊर्जा आपूर्ति र तेल मूल्यमा पनि असर पुर्‍याउने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images