काठमाडौं– अराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दायर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले सोमबारदेखि रिट ‘हेर्दाहेर्दै’ राखेर बहस सुरु गरेको थियो, तर बहस पूरा हुन सकेको थिएन ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी मुद्दा मात्र अगाडि बढाउन र अन्य दुई गम्भीर मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्























