काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनको परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको छ ।
अनुसन्धानका क्रममा परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ ।
प्रमाण नष्ट हुन सक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको भवन भत्काउने काममा प्रहरीले रोक लगाएको छ ।
यसअघि सत्ताको आडमा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा उजुरी परेपछि सम्बन्धित निकायले थप प्रमाण संकलन गर्दै अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
स्रोतका अनुसार, देउवा परिवारसँग सम्बन्धित व्यक्तिहरूका नाममा किनिएको जग्गा र आर्थिक कारोबारबारे पनि विवरण संकलन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























