काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक बोलाएको छ ।
नवनिर्वाचित सांसद रमेश मल्लका अनुसार बैठकले दलको नेता चयन गर्ने सम्भावना छ, जसमा प्रचण्ड चयन हुने लगभग निश्चित देखिएको छ ।
फागुन २१ को निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी कुल १७ सिट जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्























