images
images
  • एमाले सांसद बलात्कार आरोपमा पक्राउ

    काठमाडौं– नेकपा (एमाले)का पूर्वसंविधान सभा सदस्य कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।

    मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    मल्लविरुद्ध एक महिलाले बलात्कारको आरोपमा फागुन ५ गते उजुरी दिएकी थिइन् ।

    सोही आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    उक्त मुद्दामा न्यायको माग गर्दै पीडित महिला यसअघि माइतीघरमा अनशनसमेत बसेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images