काठमाडौं– काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच स्थिति तनावग्रस्त बनेको हो ।
माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको हो ।
झडपपछि सो क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्























