काठमाडौं– जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
उनीहरुमाथि मुकुली अपराध संहिताको दफा १८१ र १८२ अनुसार कारबाही हुने छ ।
दफा १८१ अनुसार लापबाहीपूर्ण काम गरेर ज्यान मार्ने अपराधमा ३–१० वर्षसम्मको कैद हुनसक्छ भने दफा १८२ अनुसार हेलचेक्राई गरेर ज्यान मार्ने अपराधमा ३ वर्षसम्मको सजाय हुनेछ ।
प्रहरीका अनुसार, दुवैलाई जरुरी पक्राउ पूर्जी प्रयोग गरी पक्राउ गरिएको हो ।
उनीहरूलाई आइतबार अदालतमा उपस्थित गराएपछि मात्र थप प्रमाण संकलन र बयान लिन प्रक्रिया सुरु हुनेछ ।
यससँगै सहिद परिवारका जाहेरी पनि लिएर बयान लिइनेछ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठन भएको आयोगको प्रतिवेदनको आधारमा सरकारले कारबाही प्रक्रिया अघि बढाएको हो ।
शुक्रबारको मन्त्रिपरिषद बैठकले सुरक्षा संयन्त्र बाहेक अन्यको तत्काल कारबाही अघि बढाउने निर्णय गरेको थियो ।























