images
images
  • ओली–लेखक पक्राउ, पूर्वआइजिपी खापुङलाई छुट किन ?

    काठमाडौं– भदौ २३ का घटनामा अनुसन्धानका लागि सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ ।

    दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

    पूर्वआइजिपी चन्द्रकुबेर खापुङलाई भने पक्राउ गरिएको छैन ।

    मन्त्रिपरिषदको निर्णयअनुसार राजनीतिक नेता र सुरक्षा अधिकारीलाई अलग व्यवहार गर्ने नीति अपनाइएपछि खापुङको मामिला अध्ययन समितिले सिफारिस गरेपछि मात्रै अघि बढ्नेछ ।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली, लेखक र खापुङ सबैलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

    अनुसन्धान अन्तर्गत, मुलुकी अपराधसंहिता २०७४ को दफा १८१ र १८२ अनुसार लापरबाही वा हेल्चेक्र्याइँ गरी ज्यान नहुने कसुरमा कारबाही हुनेछ ।

    ओली र लेखकलाई अनुसन्धानका लागि २५ दिनसम्म हिरासतमा राख्न मिल्ने व्यवस्था छ र आइतबार जिल्ला अदालतमा म्याद थपका लागि पेस गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images