काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको ‘एनेक्स वान’ भवनको बेड नम्बर ५०१ मा राखिएको छ ।
अस्पतालका अनुसार, मिर्गौला प्रत्यारोपणको इतिहास र हिरासतको तनावले स्वास्थ्यमा जोखिम बढ्न सक्ने भएकाले उनलाई आइसोलेसन वार्डमा राखिएको हो ।
अस्पताल प्रवक्ता डा. गोपाल सेढाईंले भने, ‘बेड क्याबिनमा राखिएको छ, मुटुको धड्कन सामान्यभन्दा तलमाथि छ, कार्डियोलोजिस्टले २४ घण्टा निगरानी राखिरहेका छन् ।’
नवनियुक्त गृहमन्त्री सुदन गुरुङको निर्देशनमा प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट ओली र पूर्वगृहमन्त्री, नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी दुवैलाई म्याद थपका लागि आइतबार अदालतमा पेश गर्ने तयारीमा छ ।
एमाले नेताहरूले पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै विरोध सुरु गरिसकेका छन् ।


विश्व खबर 



















