images
images
  • ओली पक्राउ प्रकरण : कार्की आयोगको प्रतिवेदन एमाले कार्यकर्ताले जलाएर गरे विरोध प्रदर्शन

    काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले सडक प्रदर्शन सुरु गरेका छन् ।

    च्यासलस्थित केन्द्रीय कार्यालय नजिक उनीहरूले टायर बालेर र सुशीला कार्की नेतृत्वको जेनजी आयोगको प्रतिवेदन जलाउँदै विरोध जनाएका हुन् ।

    प्रहरीको उपस्थिति न्यून देखिए पनि कार्यकर्ताहरूले पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् ।

    जेनजी आयोग चुनावपछि बालेन सरकारको गठन अघि विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको थियो ।

    हिजो सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिँदै ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ प्रक्रिया सुरु गरेको थियो ।

    शनिबार बिहान उनीहरू पक्राउ परेपछि एमालेले देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images