images
images
  • बालेन–रविले किन बनाए सुदन गुरुङलाई गृहमन्त्री ?

    काठमाडौं– शुक्रबार शीतल निवासको आँगनमा शपथ ग्रहणको तयारी चलिरहेको थियो ।

    तर, राजनीतिक वृत्तमा एउटै प्रश्न सर्वत्र थियो– ‘सुधन गुरुङ कसरी गृह प्रशासनको कमान्ड सम्हाल्ने ठाउँमा आइपुगे ?’

    केही दिनसम्म बालेन शाहले गृह मन्त्रालयमा आफ्नो विश्वासपात्र सुनिल लम्सालको नाम अघि सारेका थिए भने, पार्टी सभापति रवि लामिछानेले उपसभापति डीपी अर्यालको ढिपी कसेका थिए ।

    तर, बिहीबार मध्यरातमा सबै अनुमान उल्टियो ।

    लम्साल भौतिक पूर्वाधार मन्त्रालयतिर मोडिए र डीपी अर्याल सभामुख बन्न राजी भए ।

    अन्ततः ३८ वर्षीय सुधन गुरुङ गृहमन्त्रीका रूपमा बाहिर आए ।

    रास्वपाको वाचा अनुसार जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने थियो ।

    सुधनले बालेनलाई आश्वासन दिए– ‘गृह मन्त्रालय पाए म डर बिना प्रतिवेदन कार्यान्वयन गर्छु ।’

    यो विश्वासले बालेन र अन्ततः रविलाई पनि राजी गरायो ।

    सुधनले निर्वाचनअघि बालेन, रवि र अन्य नेताहरूलाई एक ठाउँमा ल्याएर मिलाउने काम गरे ।

    उनको मध्यस्थताले दुवै पक्षलाई सँगै ल्यायो र गृह मन्त्रालयका लागि उनलाई उपयुक्त व्यक्ति बनायो ।

    सुधनले खेलकुद मन्त्रालय अस्वीकार गरेर स्पष्ट बताए– उनी काम गर्न, जोखिम मोल्न र प्रशासनिक चुनौती सामना गर्न चाहन्छन् ।

    कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै बालेनले उनलाई गृह मन्त्रालय दिन राजनीतिक जोखिम उठाए ।

    शुक्रबार पदभार ग्रहण गरेलगत्तै सुधनले स्पष्ट संकेत दिए– प्रतिवेदन कार्यान्वयन हुनेछ र कसैलाई छुट दिइँदैन ।

    मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध कारबाही अघि बढाउने निर्णय ग¥यो ।

    सडकमा पानी बाँड्ने युवा सुधन आज ८० हजार प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कमान्डर बनेका छन् ।

    उनले सिंहदरबारमा स्पष्ट संदेश दिए– ‘म फुटबल खेल्न आएको होइन, सिस्टम परिवर्तन गर्न आएको हुँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images