काठमाडौं– नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण र गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै कानुनी र राजनीतिक रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
बैठकले प्रतिवादका लागि तीन नेतालाई जिम्मेवारी तोकेको छ– उपाध्यक्ष विष्णु पौडेल राजनीतिक दलसँगको संयोजन, रामबहादुर थापा बादल संसदीय दलसँगको संवाद र गोकर्ण विष्ट कानुनी प्रतिवादको संयोजन हेर्नेछन् ।
पक्राउ भदौ २३ र २४ गतेको घटनामा गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसअनुसार गरिएको हो ।
आयोगले हेलचेर्क्याइँपूर्वक ज्यान मारेको आरोपमा ओली–लेखक दुवैलाई ३–१० वर्षसम्म कैद सजाय दिने सिफारिस गरेको थियो ।























