images
images
  • ओली–लेखकलाई कति वर्ष जेल सजाय हुन्छ ?

    काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हेलचेक्र्याइँ गरी ज्यान मार्ने अभियोगमा पक्राउ गरी चैत १५ गते काठमाडौं जिल्ला अदालतमा हाजिर गराइने तयारी छ ।

    फौजदारी कानुनका विज्ञका अनुसार पक्राउ पुर्जी भइसकेको र अदालतमा थुना म्याद थप गरेर अनुसन्धान अगाडि बढाइनेछ ।

    आवश्यक परेमा संगठित अपराधसमेत जोडेर मुद्दा चलाउन सकिन्छ, जसमा ९० दिनसम्म थुनामा राखिने सम्भावना छ ।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूको लापरबाहीबाट ज्यान गएको ठहर गरेको थियो ।

    सरकारी वकिल र प्रहरीले सहकार्यमा अनुसन्धान अघि बढाउनेछन् ।

    मुलुकी अपराधसंहिता अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्ने अपराधमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images