काठमाडौं– नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
पार्टीका सचिव महेश बस्नेतका अनुसार, जनसंगठनहरू आज दिउँसो ३ बजे माइतीघरमा जुट्नेछन् ।
बस्नेतले सबैलाई लोकतन्त्र, न्याय र विधिको शासनको पक्षमा उभिन आह्वान गरेका छन् ।
एमालेको सचिवालय बैठकले आजदेखि जनसंगठनलाई सडकमा उतार्ने र भोलिदेखि औपचारिक विरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























