images
images
  • रमेश लेखक पक्राउ परेपछि कांग्रेस पदाधिकारी बैठक आह्वान

    काठमाडौं– पूर्वगृहमन्त्रीसमेत रहेका रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

    शनिबार बिहान ११ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने बैठकबारे सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिएका छन् ।

    जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको आरोपमा लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहानै प्रहरीले पक्राउ गरेको हो ।

    स्वास्थ्य परीक्षणपछि उनलाई महाराजगन्जस्थित प्रहरी गणमा राखिएको छ ।

    सोही आरोपमा केपी शर्मा ओली लाई पनि भक्तपुरको गुण्डुबाट पक्राउ गरिएको छ ।

    हाल उनलाई त्रिवि शिक्षण अस्पताल मा स्वास्थ्य परीक्षणका लागि राखिएको छ, र परीक्षणपछि कहाँ राख्ने भन्ने निर्णय हुने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images