images
images
  • ओली पक्राउ परेपछि एमाले अताल्लिँदै बोलायो आकस्मिक बैठक

    ललितपुर– ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठक बसिरहेको छ ।

    केहीबेरअघि सुरु भएको उक्त बैठकले आगामी संघर्षका कार्यक्रम तय गर्ने नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

    उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध र बदलाभावका आधारमा पक्राउ गरिएको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न र आन्दोलनका कार्यक्रम निर्धारण गर्न बैठक बोलाइएको हो ।

    भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा लापरवाहीपूर्वक ज्यान लिएको आरोपमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई शनिबार बिहान उनको निवासबाट पक्राउ गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images