images
images
  • ओलीको पक्राउविरुद्ध अदालत जाने तयारीमा एमाले कानुन व्यवसायी

    काठमाडौं– केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि उनीहरूनिकट कानुन व्यवसायीहरूले अदालत खुल्नासाथ बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने तयारी गरेका छन् ।

    पक्राउ प्रक्रिया गैरकानूनी र पूर्वाग्रही भएको दाबी गर्दै कानुनी उपचारको तयारी सुरु गरिएको हो ।

    वरिष्ठ अधिवक्ताहरूले प्रतिवेदनको तथ्य र निष्कर्षबीच असमानता रहेको तथा जरुरी पक्राउ पूर्जीको दुरुपयोग भएको आरोप लगाएका छन् ।

    उनीहरूका अनुसार, संलग्नता नदेखिएको व्यक्तिमाथि पनि फौजदारी कारबाही सिफारिस गरिनु र भाग्ने सम्भावना नभएका व्यक्तिलाई पक्राउ गर्नु अनुचित हो ।

    पक्राउको वैधतामाथि प्रश्न उठाउँदै अदालतमार्फत रिहाइको माग गरिने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images