काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।
स्रोतका अनुसार स्वास्थ्य परीक्षणपछि ओलीलाई उक्त गणमा लैजाने तयारी गरिएको छ भने लेखकलाई भने यसअघि नै त्यहाँ पु¥याइसकिएको छ ।
ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।
आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई केही समय प्रहरी परिसर भद्रकालीमा राखेपछि टिचिङ अस्पताल लगिएको हो ।
शनिबार परेकाले उनीहरूलाई अब आइतबार मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























