काठमाडौं– केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थियो ।
मिर्गौला प्रत्यारोपण गराएका बिरामी भएकाले प्रारम्भमा उनलाई ‘रेड जोन’ अन्तर्गत २७ नम्बर बेडमा राखिएको थियो ।
त्यहाँ नेफ्रोलोजी विशेषज्ञ डाक्टर रविन नेपाली नेतृत्वको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो ।
रगत परीक्षण, भिडियो एक्सरे लगायतका आवश्यक जाँचपछि उनलाई एनेक्स वान भवनको ५०१ नम्बर बेडमा सारिएको हो ।
अस्पताल परिसरभित्रै उनलाई ५०१ नम्बर बेड रहेको भवनसम्म लैजाँदा उनकै सवारी साधन प्रयोग गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















