images
images
  • प्रहरी खोरमा कति दिन थुनिएलान् ओली–लेखक ?

    काठमाडौं– भदौ २३ का घटनामा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु हुने भएको छ ।

    प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ ।

    यसका लागि दुवैलाई जिल्ला अदालत काठमाडौंमा आइतबार पेस गरिनेछ ।

    जेनजी आन्दोलनका क्रममा प्रहरी गोलीबाट युवाहरूको मृत्यु भएपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान सिफारिस गरेको थियो ।

    यी दफामा लापरबाही वा हेलचेर्क्याइँका कारण ज्यान गएको कसुरमा कैद र जरिवानाको व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images