काठमाडौं- प्रधानमन्त्री बालेन शाहको र्याप गीत ‘जय महाकाली’ मा सार्वजनिक भएको २४ घण्टामा ३६ लाख भ्युज आएको छ ।
बिहीबार साँझ सार्वजनिक भएको यो गीतले २४ घण्टामा ३६ लाख भन्दा बढी भ्युज पाउन सफल भएको हो ।
समाचार तयार पार्दासम्म गीतले ३७ लाख ५७ हजार ८९५ भ्युज पाएको छ ।
यसअघि नेपाली युट्युब इतिहासमा दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’ ले २० घण्टामा १६ लाख भ्युज पाएर रेकर्ड राखेको थियो ।
तर, बालेनको गीतले भने २४ घण्टामै ३७ लाखको आँकडा पार गरेपछि छोटो अवधिमै सर्वाधिक भ्युज पाउने नेपाली गीत बनेको छ।
प्रतिक्रिया दिनुहोस्























