images
images
  • महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत

    काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

    भण्डारीले आज मात्रै पदबाट राजीनामा दिएकी थिइन् ।

    महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

    भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

    नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति र शपथ लिएका थिए।

    नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् ।

    भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images