काठमाडौं– नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमै बस्दैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजना हुने बताइएको छ ।
पदभार ग्रहण सम्पन्न गरेपछि मन्त्रीहरू धमाधम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ पुगिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सबै मन्त्रीहरूले सिंहदरबार पुगेर पदभार ग्रहण गरिसकेका छन् ।
सरकारले अघि बढाउने केही महत्वपूर्ण एजेन्डाबारे आजको मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने अपेक्षा गरिएको छ ।
यद्यपि, अधिकांश मन्त्रीहरूले पदभार ग्रहणका क्रममा कुनै ठोस पहिलो निर्णय भने लिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्























