काठमाडौं– बिरामीको सेवा गर्दै आएका हातले अब स्वास्थ्य नीति बनाउने जिम्मेवारी पाएकी छन् निशा मेहता।
सुनसरी इनरुवाकी मेहता अस्पताल वार्डमा वर्षौं काम गरेकी थिइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बनेपछि उनले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकी छन्।
२०४४ जन्मिएकी मेहताले भारतको ग्वालियरबाट नर्सिङमा स्नातकोत्तर गरेकी हुन्।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल नर्सका रूपमा करिब तीन वर्ष काम गरेपछि उनले विराट मेडिकल कलेजमा लेक्चररको रूपमा अध्यापन गरेकी थिइन्।
स्वास्थ्य सेवामा अनुभवसहित राजनीतिमा सक्रिय मेहताले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सुरुदेखि जोडिनुका साथै पछिल्ला चार वर्षदेखि केन्द्रीय सदस्यको रूपमा काम गर्दै आएकी छन्।
उनले स्वास्थ्य नीति ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गरी सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएकी छिन्।


विश्व खबर 



















