images
images
  • पद सम्हालेकै दिन अर्थमन्त्री वाग्लेको बोल्ड निर्णय

    काठमाडौँ – नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै अर्थतन्त्र सुधारका लागि तीनवटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्। मन्त्री वाग्लेले अर्थ मन्त्रालय, सिंहदरबारमा कार्यभार सम्हाल्ने बित्तिकै मुलुकको वर्तमान आर्थिक अवस्था स्पष्ट रूपमा सार्वजनिक गर्ने र पुराना बाधक कानुनहरू खारेज गर्ने निर्णय लिएका छन्।

    उनले चैत १२, २०८२ सम्मको देशको यथार्थ आर्थिक स्थितिपत्र (श्वेतपत्र) तयार पार्ने काम सुरु गर्नेछन्। उक्त स्थितिपत्रको आधारमा निर्वाचनको समयमा गरिएका वाचाहरू कार्यान्वयन गर्न १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना निर्माण गरिनेछ।

    साथै, अर्थतन्त्रमा रहेका कानुनी अवरोध हटाउन, मन्त्री वाग्लेले ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१’ को प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेका छन्। यस अन्तर्गत राजस्व अनुसन्धान विभागसमेत १५ वटा पुराना र असान्दर्भिक ऐनहरू खारेज गर्ने प्रक्रिया अघि बढाइनेछ।

    निजी क्षेत्रको मनोबल बढाउने र ठूला लगानी आकर्षित गर्न, उनले निजी उद्यम-व्यवसाय सुरक्षा र प्रवर्द्धन, साथै ठूला विकास आयोजना सहजीकरणका लागि नयाँ विधेयक ल्याउने वा भएका ऐन संशोधन गर्ने प्राथमिकता तय गरेका छन्। यसका लागि वृहत् ‘आर्थिक–कानुनी सुधारको मार्गचित्र’ तयार पारेर कार्यान्वयनमा लगाइनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images