images
images
  • विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

    काठमाडौं– Xiaomi ले आफ्नो प्रिमियम स्मार्टफोन Xiaomi 17 Ultra को प्रि–अर्डर नेपालमा औपचारिक रूपमा सुरु भएको घोषणा गरेको छ। उच्च कार्यक्षमता, आकर्षक डिजाइन र उत्कृष्ट क्यामेरा क्षमताका कारण यो फोन बजारमा विशेष चासोको केन्द्र बनेको छ।

    प्रि–अर्डर अवधिमा ग्राहकहरूले १६GB र्याम र ५१२GB स्टोरेज भेरियन्टमा तीनमध्ये कुनै एक विशेष अफर रोज्न सक्नेछन्—रु. १०,००० क्यासब्याक, वा Xiaomi Watch S4 (41mm) मात्र रु. २४,९९९ मा (वास्तविक मूल्य रु. ३९,९९९), अथवा Xiaomi Buds 5 निःशुल्क।

    यसका साथै, ग्राहकहरूले बिक्रीपछिका थप सुविधा पनि प्राप्त गर्नेछन्। खरिद गरेको पहिलो ६ महिनाभित्र एक पटक निःशुल्क स्क्रिन फेर्ने सुविधा, नियमित १२ महिनाको वारेन्टीमा थप ६ महिना जोडेर कुल १८ महिनाको वारेन्टी, तथा वारेन्टी सकिएपछि २४ महिनासम्म मर्मतमा सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

    फोन कालो, सेतो र स्टारलाइट गरी तीन आकर्षक रंगमा उपलब्ध छ। पातलो र हल्का डिजाइनका कारण लामो समयसम्म प्रयोग गर्दा सहज अनुभव दिन्छ। क्यामेरा प्रणाली Leica सँगको सहकार्यमा विकसित गरिएको हो, जसले उच्च गुणस्तरका फोटो र भिडियो खिच्न सक्षम बनाउँछ।

    Xiaomi 17 Ultra मा २०० मेगापिक्सेल टेलिफोटो क्यामेरा, नयाँ Light Fusion 1050L इमेज सेन्सर र उन्नत HDR प्रविधि समावेश गरिएको छ। साथै, ७५–१०० एमएम मेकानिकल अप्टिकल जुम सपोर्टले फोटोग्राफी अनुभवलाई अझ सशक्त बनाउँछ।

    डिभाइसमा ६००० mAh ब्याट्री, ९०W हाइपरचार्ज र ५०W वायरलेस चार्जिङ सपोर्ट रहेको छ। IP68 रेटिङ, Xiaomi Shield Glass 3.0, तथा ३५०० निटसम्मको पीक ब्राइटनेससहितको डिस्प्लेले यसलाई मजबुत र प्रयोगमैत्री बनाएको छ।

    यसअघि Xiaomi Pad 8 मा पनि यस्तै अफर ल्याइएको थियो, जसमा अत्यधिक मागका कारण केही घण्टामै प्रि–अर्डर बन्द गरिएको कम्पनीले जनाएको छ।

    Xiaomi 17 Ultra (१६GB + ५१२GB) को मूल्य रु. १,९९,९९९ तोकिएको छ। कम्पनीका अनुसार प्रि–अर्डर अफर २५ मार्चदेखि ३१ मार्चसम्म मात्र लागू हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images