काठमाडौं– बेलायतमा आउँदो ७ मेमा हुने स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ ।
संयुक्त अधिराज्य अन्तर्गत इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्स मा १३६ काउन्सिलका करिब ५ हजार सिटका लागि मतदान हुँदैछ ।
यस चुनावमा नेपालीमूलका उम्मेदवारहरू विभिन्न पार्टीबाट काउन्सिलर र मेयर पदका लागि प्रतिस्पर्धामा छन् ।
अल्डरसटको वेलिङटन वार्डमा उत्तरबहादुर गुरुङ (लेबर) र डा. विशाल गुरुङ (कन्जरभेटिभ) बीच प्रतिस्पर्धा रोचक बनेको छ ।
ग्रीनवीच क्षेत्रमा जित रानाभाट पुनः उम्मेदवार छन् भने नरेन्द्र कंडेल, गौमाया गुरुङ र टम अधिकारी पनि मैदानमा छन् ।
उम्मेदवारहरूले समुदायको हित, सुरक्षा, स्वास्थ्य सेवा, रोजगारी र स्थानीय समस्या समाधानलाई मुख्य एजेन्डा बनाएका छन् ।
बेलायतको स्थानीय राजनीतिमा नेपालीहरूको उपस्थिति बढ्दो भए पनि राष्ट्रिय संसदमा प्रतिनिधित्व अझै चुनौतीपूर्ण बनेको छ ।























