images
images
  • बैकिङ कसुरको सात वटा मुद्दामा फरार महिला पक्राउ

    काठमाडौं- बैकिङ कसुरको सात वटा मुद्दामा फरार एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर-३ घर भएर काठमाडौं बस्ने ३७ वर्षीया राधिका बस्नेत छिन् ।

    चैत ८ मा उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए ।

    उनी विरुद्ध प्रहरी कार्यालयहरूमा बैंकिङ कसुरको सात वटा र वैदेशिक रोजगार सम्बन्धी दुई वटा कसुरको जाहेरी दर्ता भएको भेटिएको छ ।

    ९ वटा मुद्दामा ८० लाख १५ हजार बिगो रकम देखिएको एसपी भट्टले बताए ।

    उनलाई थप अनुसन्धानको लागी उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

    उनी विरुद्ध काठमाडौं परिसरमा २ वटा बैकिङ कसुर, प्रहरी वृत्त बौद्धमा ३ वटा, गौशाला र सिंहदरबारमा एक-एक वटा बैकिङ कसुरको जाहेरी दर्ता भएको भेटिएको छ ।

    वैदेशिक रोजगार विभागमा दर्ता भएको दुई वटा मुद्दामा पनि उनी फरार थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images