images
images
  • दुई बालिका बलात्कारमा संलग्न चार जना पक्राउ

    काठमाडौं– १५ र १६ वर्षकी दुई जना बालिका बलात्कारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कञ्चनपुर र पाल्पामा बालिका बलात्कारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार कञ्चनपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्थानीय बेलडाँडी गाउँपालिका–१ बस्ने २१ वर्षीय बिशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायरलाई पक्राउ गरिएको छ ।

    उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    यस्तै, पाल्पामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका–३ देउराली बस्ने तनहुँ भानु नगरपालिका–८ घर भएका ३८ वर्षीय होम बहादुर थापा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images