images
images
  • पोखरा विमानस्थल भ्रष्टाचारमा मुछिएका पूर्वमन्त्री आचार्य साढे २ लाख धरौटी बुझाएर रिहा

    काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् ।

    सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले आचार्यसँग २ लाख ५० हजार धरौटी रकम माग गरेको हो ।

    आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेका छन् ।

    आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वभाविक बढाएर अनियमितता भएको अख्तियारको दाबी छ ।

    अख्तियारले उनीलगायत विरुद्ध गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images