काठमाडौं- डाँका र ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।
आइतबार दोलखाको शैलुङ गाउँपालिका-४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८, बौद्ध बेशी गाँउ बस्ने ४० वर्षिय खिल बहादुर तामाङ रहेका छन्।
उनलाई दोलखा जिल्ला अदालतले २०७४ पुस ४ गतेको फैसला बमोजिम प्रतिवादी खिल बहादुर तामाङलाई १० वर्ष कैद र १ लाख १८९ रुपैयाँ बिगो भराउने फैसला सुनाएको थियो।
त्यसयता उनी फरार रहेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमा जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























