images
images
  • गाँजासहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे थाई नागरिक

    काठमाडौं- साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ३९ वर्षीय योङग्युत थुइन छन् ।

    उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत उनी बैंककबाट काठमाडौं आएका थिए ।

    उनले ल्याएको सुटकेशभित्रबाट तीन किलो ४३५ ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ परेका उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images