images
images
  • दाउन्ने सडक खण्डमा ३ रातसम्म सवारी चलाउन रोक

    काठमाडौं- नारायणघाट-बुटवल सडक खण्डमा आजबाट ३ रात सवारी चलाउन रोक लगाइएको छ ।

    आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास-दाउन्ने-बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको हो ।

    आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ ।

    आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा रोकिने भएका छन् ।

    आकस्मिक सेवाका सवारी साधन भने चल्न पाउने छन् ।

    daunne

    प्रतिक्रिया दिनुहोस्
    images
    images