काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बिहान ८ बजे बस्ने गरी आजका लागि स्थगित भएको छ ।
बैठकपछि केन्द्रीय सदस्य मधु आचार्यले आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको जानकारी सञ्चारकर्मीहरूलाई दिए ।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारेको १४ पेजको प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्























