काठमाडौं– परराष्ट्र मन्त्रालय ले होर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ परेको जानकारी दिएको छ।
मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्का ले उक्त पुष्टि गरेका हुन्।
पक्राउ पर्ने व्यक्ति अमृत झा रहेको बताइएको छ।
होर्मुज क्षेत्रमा जहाजमा कार्यरत रहेका उनीसहित सम्पूर्ण क्रु सदस्यलाई इरानले नियन्त्रणमा लिएको हो।
यसबारे जानकारी आफन्तहरूले मन्त्रालयलाई गराएका थिए।
प्रतिक्रिया दिनुहोस्























