images
images
  • खमेनीको मृत्युमा समवेदना प्रकट गरेपछि भारतलाई हर्मुजबाट ग्यास ल्याउने बाटो खुल्यो

    काठमाडौं– इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको मृत्युमा भारतले ढिलो गरी समवेदना प्रकट गरेपछि स्ट्रेट अफ हर्मुजमार्फत ग्यास आपूर्ति पुनः सहज भएको छ ।

    अमेरिका–इजरायलको संयुक्त आक्रमणमा खमेनी मारिएपछि इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको थियो, जसले विश्व बजारमा तेल–ग्यास आपूर्तिमा असर पारेको थियो ।

    भारतले सुरुवाती मौनता तोड्दै पाँच दिनपछि कूटनीतिक रूपमा समवेदना जनायो ।

    त्यसपछि भारतका विदेशमन्त्री एस जयशंकर र इरानी समकक्षीबीच संवाद भयो ।

    कूटनीतिक पहलपछि इरानले भारतका लागि ग्यास बोकेका जहाजलाई हर्मुजबाट आवागमन गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images