images
images
  • गृहमन्त्रीको राष्ट्रिय सभा सदस्य सिफारिस राष्ट्रपति कार्यालयमा होल्ड, प्रधानमन्त्रीविरुद्ध चौतर्फी आलोचना

    काठमाडौं– मन्त्रिपरिषद्को आइतबारको निर्णयले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरियो, तर ६ दिन बित्दा कार्यान्वयन भएको छैन ।

    प्रधानमन्त्री कार्यालयले सिफारिस चिठी राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको थियो र मुख्यसचिव सुमनराज अर्यालले पनि प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइसकेका थिए ।

    तर, संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले त्यस्तो पत्र नआएको जानकारी दिए ।

    राष्ट्रपति कार्यालयका सहसचिव रितेशकुमार शाक्यका अनुसार पत्र ‘अध्ययन’ र ‘प्रक्रियामा’ रहेको छ ।

    सामान्यतया राष्ट्रपतिले मन्त्रिपरिषद्का सिफारिस तत्काल सदर गर्ने चलन छ ।

    यदि अबको मन्त्रिपरिषद् बैठकसम्म सदर भएन भने, सरकारले फेरि दोस्रोपटक सिफारिस गर्ने तयारी गरेको छ ।

    स्रोतका अनुसार राष्ट्रपति पौडेलले अर्यालको मनोनयन तत्काल नपठाइएकामा राजकाजका अन्य विषय र परामर्श नहुँदा ‘होल्ड’ गरिएको हो ।

    प्रधानमन्त्री र गृहमन्त्रीले बारम्बार मौखिक ताकेता गरिसके पनि राष्ट्रपति पक्षले स्पष्ट जवाफ दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images