काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीका दुई सल्लाहकारले आफ्ना पदबाट राजीनामा दिएका छन् ।
मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले फरक मितिमा राजीनामा बुझाएका हुन् ।
दुवै सल्लाहकारले सुशीला सरकारलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै र परिणाम सार्वजनिक भएसँगै उनीहरु दुवैले जिम्मेवारीबाट विदा लिएका हुन् ।
विशेष गरी जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले सामाजिक सञ्जालमा लामो स्टाटसमार्फत प्रधानमन्त्री कार्कीप्रति आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























