images
images
  • बालेनको शपथमा अमेरिका–भारतका राष्ट्राध्यक्षलाई बोलाइने र चीन–रूस–इरानलाई निम्तो नै नदिने

    काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको तयारी सुरु गरेको छ ।

    पार्टीको गृहकार्यअनुसार मन्त्रालय संख्या १५–१८ मा सीमित गर्ने योजना छ ।

    उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेलाई क्रमशः गृहमन्त्री र अर्थमन्त्री बनाउने छलफल चलिरहेको छ ।

    यस्तै, महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, सांसद शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे, सस्मित पोखरेललाई पनि मन्त्री बनाउन चर्चा भइरहेको छ ।

    शिशिरलाई परराष्ट्र मन्त्री र सोबितालाई कानून मन्त्री बनाउने योजना छ ।

    सभामुखको पद युवालाई दिने विषयमा अझै अन्तिम निर्णय भएको छैन ।

    प्रधानमन्त्री बालेन शाहको शपथ कार्यक्रममा अमेरिका–भारत रर युरोपेली राष्ट्राध्यक्षहरूलाई पनि निम्तो दिने तयारी भइरहेको छ भने चीन, रूस र इरानलाई दिइने छैन ।

    सांसदहरूको शपथ चैत १२ गते, र प्रधानमन्त्री शाहको शपथ त्यसको भोलिपल्ट हुने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images