काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुट्दा गृह मन्त्रालयको नेतृत्व सबैभन्दा पेचिलो बनेको छ ।
प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन्द्र शाहका लागि यो मन्त्रालय ‘एक्सन’ देखाउने मुख्य प्लेटफर्म भएकाले छनोट संवेदनशील बनेको हो ।
गृहका लागि दुई प्रमुख नाम अगाडि आएका छन्, डोलप्रसाद अर्याल र सुनिल लम्साल ।
बालेनको रोजाइ लम्सालतर्फ देखिन्छ, किनकि उनी उनको विश्वासपात्र र परिणाममुखी कार्यशैली भएका सहपाठी हुन् ।
तर, पार्टी सभापति रवि लामिछाने भने अनुभव, वरिष्ठता र संकटमा खेलेको भूमिकाका आधारमा अर्याललाई गृहमन्त्री बनाउन चाहन्छन् ।
यो बहसले बालेन–रवि सम्बन्धमा शक्ति सन्तुलनको प्रश्न उठाएको छ ।
यद्यपि दुवै पक्षबीच सहमतिको प्रयास जारी छ ।
अन्तिम विकल्पका रूपमा भारतको मोदी–शाह मोडल जस्तै, रवि आफैं गृहमन्त्री बन्ने सम्भावना पनि चर्चा छ । यदि उनका कानुनी विवाद टुंगिएको खण्डमा ।
अब निर्णयले केवल गृहमन्त्री मात्र होइन, नयाँ सरकारको नेतृत्व शैली ‘डेलिभरी’, ‘अनुभव’ वा ‘शक्ति केन्द्रित’ कुन बाटो रोजिन्छ भन्ने पनि तय गर्नेछ ।























