images
images
  • रास्वपा संविधान विपरीत मन्त्रिपरिषद् गठन गर्ने तयारीमा, मन्त्री छनोटमा बालेन–रविबीच खटपट

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी अघि बढाएको छ ।

    पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मन्त्रालय संख्या घटाउने, केही मन्त्रालय गाभ्ने वा मन्त्रीलाई दोहोरो जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ ।

    उनले चैत १३ गते बालेन शाह ले प्रधानमन्त्री पदको शपथ लिने र सोही अवसरमा मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ ग्रहण गर्ने तयारी रहेको बताए ।

    रास्वपाले विधान संशोधन नगरी नै बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको पनि उनले स्पष्ट पारे ।

    मन्त्री छनोट गर्न सभापति रवि लामिछाने हाबी भएका छन् ।

    उनले आफ्नो सिफारिसविना बालेनले मन्त्री छनोट गर्न नपाउने बताएपछि दुई शीर्ष नेताबीच खटपट भएको स्रोतले बतायो ।

    यसका साथै रविले संविधान बमोजिम २५ मन्त्री नियुक्त गर्ने अडान राखे पनि बालेनले संविधान विपरीत १८ भन्दा बढी नियुक्त नगर्ने बताएका छन् ।

    चैत १२ गते सांसदहरूको शपथपछि संसदीय दलको बैठक बस्नेछ, जसमा नेता चयनबाहेक अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images