काठमाडौं– चुनावी हारपछि गगन थापाले सभापति पदबाट राजीनामा दिए पनि नेपाली कांग्रेसभित्र उक्त राजीनामा अस्वीकृत हुने लगभग निश्चित देखिएको छ ।
उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा राजीनामा र अस्वीकृत गर्ने प्रस्ताव दुवै पेश गर्ने तयारी गरेका छन् ।
अधिकांश केन्द्रीय सदस्यहरू थापाकै नेतृत्व आवश्यक रहेको पक्षमा देखिएकाले उनी पुनः सभापतिमा फर्किने सम्भावना बलियो छ ।
पार्टीभित्रका नेताहरूले अहिलेको संकटमा नेतृत्व परिवर्तनभन्दा निरन्तरता आवश्यक रहेको बताएका छन् ।
यता शेरबहादुर देउवा पक्षले भने यो राजीनामालाई औपचारिकता मात्रै भन्दै खास अर्थ नभएको टिप्पणी गरेको छ ।
राजीनामा अस्वीकृत भएपछि थापा पुनः सक्रिय नेतृत्वमा फर्किने र महाधिवेशनसम्म पार्टी सम्हाल्ने ‘रोडम्याप’ तयार भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्























