images
images
  • अब बन्ने प्रधानमन्त्री बालेन नेतृत्वको सरकारमा रविको एसम्यान गृह, अर्थमा वाग्ले, शिक्षामा हानथाप

    काठमाडौं– बालेन्द्र शाह (बालेन) १३ चैतमा प्रधानमन्त्री बन्ने तयारी भइरहेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी भित्रबाट गरिएको छ ।

    महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सोही दिन प्रधानमन्त्रीको सपथ हुने गरी आवश्यक निकायमा जानकारी पठाइसकिएको छ ।

    यसअघि संसदीय दलको नेता चयन गरिनेछ भने करिब १८ सदस्यीय मन्त्रीमण्डल बनाउनेबारे नेताहरूबीच सहमति जुट्दैछ ।

    सत्ता समीकरणमा रवि लामिछाने पक्षबाट १० र बालेन पक्षबाट ८ मन्त्री रहने चर्चा छ ।

    सम्भावित मन्त्रीहरूको नाममा सभापति रवि लामिछानेका एसम्यान एवं पार्टी उपसभापति डोलप्रसाद अर्याललाई गृहमन्त्री, स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने चर्चा छ ।

    परराष्ट्रमा शिशिर खनाल र अमरेशकुमार सिंह, कानुनमा सोविता गौतम, पर्यटनमा धनञ्जय रेग्मी, विराजभक्त श्रेष्ठ र सुम्निमा उदासको नाम अगाडि आएको छ ।

    त्यसैगरी शिक्षामा सस्मित पोखरेल, सञ्चारमा जगदीश खरेल र मनिष झाबीच हानथाप चलेको छ ।

    भौतिक पूर्वाधारमा सुधन गुरुङ तथा स्वास्थ्यमा तोसिमा कार्की र लेखजंग थापाको चर्चा चलिरहेको छ ।

    यद्यपि, अन्तिम निर्णय भने छलफलमै रहेको र केही मन्त्रीले मात्रै १३ चैतमै सपथ लिने सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images