images
images
  • मुख स्वास्थ्यको बेवास्ताले मस्तिष्कदेखि मुटुसम्म असर, ध्यान दिनुपर्ने ४ आधार

    काठमाडौं- हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’ यस वर्ष पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

    शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार मानिने मुखलाई स्वस्थ राख्नु एकदमै आवश्यक रहेको चिकित्सक बताउँछन् । शरीरका सम्पूर्ण अङ्गलाई स्वस्थ र सुचारु राख्न आवश्यक पोषक तत्व मुखबाटै ग्रहण गरिन्छ ।

    पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने माध्यम पनि मुख नै हो ।

    तर, त्यही मुखलाई स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन । त्यसैले मुखको स्वास्थ्यमा कुनै लापरवाही गर्न नहुने चिकित्सकको सुझाव छ ।

    मुख स्वास्थ्यको बेवास्ताले मस्तिष्कदेखि मुटुसम्म असर
    चिकित्सकहरूका अनुसार मुखको स्वास्थ्यमा बेवास्ता गर्दा यसको असर केवल दाँतमा मात्र सीमित रहँदैन ।

    यसले मुटुरोग, स्ट्रोक, निमोनिया, मधुमेहको जटिलता र स्मरणशक्ति सम्बन्धी समस्या ९डिमेन्सिया० समेत निम्त्याउन सक्ने जोखिम रहने वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरे बताउँछन् ।

    गिजामा हुने संक्रमणबाट ब्याक्टेरिया रगतमार्फत शरीरका अन्य अङ्गसम्म पुग्न सक्ने भएकाले मुटु र मस्तिष्कमा समेत असर पर्ने जोखिम रहन्छ ।

    विशेषगरी मधुमेह भएका बिरामीमा गिजाको रोगले रगतमा चिनीको नियन्त्रण झन् कठिन बनाउने डा. घिमिरेले बताए ।

    मुखको स्वास्थ्यप्रति ध्यान दिँदा र समयमै उपचार गर्दा ९० प्रतिशत रोग लाग्नबाट बच्न सकिने उनको भनाइ छ ।

    तर, मुख स्वास्थ्यलाई सरकारले प्राथमिकता नदिएकोमा डा. घिमिरेको गुनासो छ । यदि सरकारले अन्य उपचारमा खर्च हुने रकम मुख स्वास्थ्यको चेतना फैलाउन खर्च गरिदिए विभिन्न दीर्घकालीन रोगीहरूको संख्या घट्ने उनले दाबी गरे ।

    मुखको स्वास्थ्यका लागि ध्यान दिनुपर्ने ४ आधार
    मुखको स्वास्थ्य राम्रो राख्न महँगो उपचारभन्दा दैनिक बानी सुधार नै सबैभन्दा प्रभावकारी उपाय हुने चिकित्सकको सुझाव छ । यसका लागि मुख्य चार पक्षमा ध्यान दिनुपर्छ:

    खानपानमा सचेतता

    मुख स्वास्थ्यको पहिलो आधार नै खानपान हो । जङ्क फुड, अत्यधिक चिनीयुक्त पदार्थ, सुर्तीजन्य वस्तु र मदिराबाट टाढा रहनुपर्छ । सन्तुलित आहार, फलफूल र तरकारीले मुख मात्र होइन, समग्र शरीरलाई फाइदा पुऱ्याउँछ ।

    मनोवैज्ञानिक तन्दुरुस्ती

    मुख केवल खाने अङ्ग मात्र नभई बोल्ने माध्यम पनि हो । तनाव, चिन्ता र मानसिक असन्तुलनले अप्रत्यक्ष रूपमा मुखको स्वास्थ्यमा असर पार्न सक्छ । मानसिक रूपमा स्वस्थ रहनु पनि राम्रो मुख स्वास्थ्यको आधार हो ।

    शारीरिक अभ्यास र योग

    नियमित व्यायाम र योगले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । राम्रो रक्तसञ्चारले गिजा र मुखका तन्तुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

    सही तरिकाले ब्रस गर्ने

    दैनिक सरसफाइ सबैभन्दा आधारभूत कुरा हो । दिनमा कम्तीमा दुई पटक ९बिहान र सुत्नुअघि० ब्रस गर्नुपर्छ । दाँतका सबै भाग( अगाडि, पछाडि र टोक्ने सतह सफा गर्नुपर्छ । प्रत्येक ३ देखि ६ महिनामा दन्त परीक्षण गराउनु उपयुक्त हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images