काठमाडौं- सात बुँदे पूर्वसहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ।
बिहीबार साँझ शीर्ष नेताहरुबिच भएको छलफलले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनका अनुसार अनुमोदनको लागि १२ गते केन्द्रीय समिति बैठक बस्नेछ ।
महामन्त्री बुर्लाकोटीले भने, ‘बाँकी संसदीय दलको बैठकले प्रक्रिया अगाडि बढाउँछ । सर्वसम्मत सहमति भएपछि संसदीय दलको नेता बनाउन विधान संशोधन गर्न आवश्यक छैन।’
प्रधानमन्त्रीको शपथ चैत १३ गतेलाई तय भएपनि सरकार र राष्ट्रपति कार्यलयको तयारीमा भर पर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्























