images
images
  • कान्तिपुर सहकारीका अध्यक्ष तामाङविरुद्ध एक अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

    काठमाडौं- कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर तामाङविरुद्ध एक अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ।

    तामाङसहित १३ जनालाई प्रतिवादी कायम गरेर काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको।

    हाल केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा थुनामा रहेका तामाङविरुद्ध ९९ करोड ८० लाख ४८ हजार रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ। उनी तामाङ पशुपति सेभिङ कोअपरेटिभका अध्यक्षसमेत हुन्।

    सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसमेत)को दफा ३० को व्यवस्थाबमोजिम सजायको मागदावी विभागले गरेको छ।

    सम्पत्ति शुद्धीकरण गरी जम्मा गरेको चल-अचल सम्पत्ति, नगद, सेयर र पुत्र सुयोग्य तामाङको नाममा रहेको सेयर र त्यसबाट बढे बढाएको सम्पत्तिबापतको आठ कित्ता जग्गा र तीन लाख ३४ हजार रुपैयाँ र कम्पनीका सेयर जफत हुनसमेत मागदावी छ।

    हिमालय बिक्रम मल्ल ठकुरीलाई ३४ करोड १७ लाख २३ हजार, देवराज पराजुलीलाई ११ करोड ७० लाख ५४ हजार, प्रेमध्वज लामालाई २६ करोड ८० लाख १२ हजार, जोगलाल लामाको ११ करोड ८३ लाख २१ हजार बराबरको चल÷अचल सम्पत्ति जफतको मागदावी विभागले गरेको छ।

    यसैगरी सानुकान्छा लामाको एक करोड १८ लाख ७४ हजार, नारायण प्रसाद रिमालको २१ करोड ४९ लाख ८७ हजार, ईन्दु थापाको एक करोड ६२ लाख आठ हजार, कञ्चन तामाङ लामाको तीन करोड ९५ लाख १५ हजार र उद्धव प्रसाद पाण्डेबाट तीन करोड ९२ लाख ३२ हजारको चल–अचल सम्पत्ति जफतको मागदावी विभागले गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images