images
images
  • धादिङका १३ वटै पालिकाले सांसद आशिका तामाङको निर्देशन नमान्ने

    काठमाडौं- धादिङका १३ वटै स्थानीय तहहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले दिएको निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको प्रतिवाद गरेका छन्।

    नीलकण्ठ नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको अध्यक्षतामा पालिका प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्षहरूको संयुक्त बैठकले संविधानविपरीत सांसदले निर्देशन दिएको भन्दै विरोध जनाएको हो।

    बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सांसदहरूको हस्तक्षेपले स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार गरेको उल्लेख गरिएको छ।

    स्थानीय तहका जनप्रतिनिधिहरूले संविधान र कानुनको मर्मविपरीत सांसदहरूबाट दिइएका निर्देशनप्रति गम्भीर आपत्ति जनाउँदै स्थानीय सरकारको संवैधानिक अधिकार कुण्ठित पार्ने प्रयास भएको निष्कर्ष निकालेका छन्।

    स्थानीय सरकारको संवैधानिक अधिकारमाथि अंकुश लगाउने प्रयास गरिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख ढुंगानाले बताए।

    नेपालको संविधान, २०७२ को धारा २३२ ९१० बमोजिम संघ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तमा आधारित हुने संवैधानिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै संविधानको अनुसूची ८ मा व्यवस्था भएको एकल अधिकार निर्वाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइएको नगर प्रमुख ढुंगानाले बताए।

    यस्तो छ संयुक्त विज्ञप्ति

    Dhading pressrelease2026 03 19 04 43 12

    प्रतिक्रिया दिनुहोस्
    images
    images