काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले शुक्रबार (चैत ६) देशका विभिन्न स्थानमा तीव्र हावाहुरी र वर्षाको सम्भावना रहेको भन्दै अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग का अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्छ।
साथै दाङ, नेपालगन्जसहित लुम्बिनीका तराई क्षेत्र र शनिबार पूर्वका विराटनगर, धनकुटा, धरान आसपासमा करिब ११९ किमि प्रतिघण्टासम्मको हावाहुरी चल्ने सम्भावना छ।
प्रि–मनसुनका कारण रुख ढल्ने, छाना उड्ने र विद्युत–सञ्चार अवरुद्ध हुने जोखिम रहेकाले नागरिकलाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न र जोखिमयुक्त संरचना तथा बिजुलीका तारबाट टाढा रहन प्राधिकरणले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्























