images
images
  • सिंहदरबारमा सर्वदलीय बैठक : ६ दल उपस्थित

    काठमाडौं– सिंहदरबारमा संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी छ ।

    बैठकमा प्रतिनिधिसभा सञ्चालन तयारीबारे ६ वटा राजनीतिक दल रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका प्रतिनिधिहरू सहभागी छन् ।

    समानुपातिकतर्फ निर्वाचित सांसदहरूले बिहीबार निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेका छन् ।

    संसद् सचिवालयले चैत १२ गते शपथ कार्यक्रम तय गर्ने तयारीमा छ ।

    फागुन २१ को निर्वाचनअनुसार १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको छ ।

    कांग्रेस ३८ सिट, एमाले २५ सिट, नेपाली कम्युनिस्ट पार्टी १७ सिट, श्रम संस्कृति पार्टी ७ सिट र राप्रपा ५ सिटसहित राष्ट्रिय दल बनेका छन् ।

    यसपटक एक जना स्वतन्त्र उम्मेदवार पनि छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images