काठमाडौं– धादिङका स्थानीय तहहरूले प्रतिनिधिसभा सदस्य आशिका तामाङको निर्देशनप्रति कडा प्रतिवाद जनाएका छन् ।
धादिङका १३ स्थानीय तहका प्रमुखहरूले संविधानअनुसार आफ्नो एकल अधिकार प्रयोग सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आशिका तामाङले बेनीघाट–रोराङ–९ मा अवैध बालुवा उत्खनन र ‘पटके कर’ संकलन रोक्न पत्रमार्फत निर्देशन दिएकी थिइन् ।
स्थानीय तहका प्रतिनिधिहरूले उक्त निर्देशनलाई आफ्नो संवैधानिक अधिकारमा हस्तक्षेपको प्रयासका रूपमा लिंदै कडा विरोध गर्ने निर्णय गरेका छन् ।
बिहीबार नीलकण्ठ नगरपालिकामा बसेको बैठकले तीनै तहबीच सम्मान, विश्वास र समन्वयलाई सुदृढ गर्दै अघि बढ्न आग्रह गर्ने पनि निर्णय गरेको छ ।
